Banner News

प्रतिपक्षि विनै संसद बैठक सञ्चालन : प्रतिपक्षिद्वारा संसदिय अभ्यासको खिल्ली उडाएको आरोप



असार १३, बुटवल । प्रदेश नं. ५ मा प्रतिपक्षिविना नै संसद वैठक शुरु भएको छ भने प्रतिपक्षि दल नेपाली काग्रेसले संसदिय अभ्यासको खिल्ली उडाएको आरोप लगाएको छ ।

वजेट एकपक्षीय र असन्तुलित भएको भन्दै प्रतिपिक्षी काग्रेसले असन्तुष्टि जनाएको हो । प्रदेश सभा बैठक शुरु भइरहदा प्रदेश सभामा आएका कांग्रेसका सांसदहरु संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको कार्यकक्षमा बसेका छन् ।

बैठककोमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु भुमिश्वर ढकाल र दधिराम शर्माले बजेट राम्रो र उत्कृष्ट आएको दाबी गरेका छन् । त्यस्तै प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले सत्ता पक्षले वहुमतको आडमा प्रतिपक्षी दललाई अवमूल्यन गरेको आरोप लगाए । उनले जायज माग राख्दा पनि बेवास्ता र उपेक्षा गर्नुले सरकारको अधिनायकवादी चरित्र छर्लङ्ग भएको आरोप लगाए ।

सोमबारदेखि सुरु भएको विनियोजन विधेयकमाथिको छलफलमा सत्तापक्षकै एक दर्जन सांसदहरुले वजेट समावेशी र सन्तुलित नभएको भन्दै आलोचना गरेका थिए ।