समाचार

लागु औषध विरूद्ध समन्वय र सहकार्य आबश्यक



(असार १३, काठमाडौँ) । छब्बिस जुनलाई विश्वभर लागु औषध ओसारपसार विरूद्धको दिवसका रूपमा मनाईन्छ । यसै सन्दर्भमा मङ्गलवार राजधानीमा  लागु औषध प्रयोगकर्तालाई अपराधीको रूपमा दण्ड सजायँ होइन, उनीहरूको मानवअधिकार र स्वास्थ्य अधिकारका लागि राज्य र नीजि क्षेत्रका सङ्घ संस्थाबीच समन्वय र सहकार्य गरौं भन्ने नाराका  यस सम्वन्धी काम गरिरहेका संस्थाहरूले सामुहिक रूपका ‘मौन प्रदर्शनको गरेका छन् ।

 “दृष्टि नेपाल, साथी समूह, वाई क्याप, र एचआइर्भ सङ्क्रमित , पूर्व लागू औषध  प्रयोगकर्ताको राष्ट्रिय सञ्जाल लगायतका संस्थाहरूले उक्त मौन प्रदर्शनको आयोजना गरेका हुन ।

 दृष्टि नेपालका अध्यक्ष परिना लिम्बुले यस लतमा फस्ने वित्तिकै त्यस्ता व्यक्तिलाई जघन्य अपराधीको व्यवहार गरिनु हुन्न । उसको मानवअधिकार, स्वास्थ्य अधिकारको हननका साथै उ माथि पारिवारिक, सामाजिक  साथै शारीरिक हिंसा पनि भइरहेको छ, लागु औषध प्रयोग गर्ने वित्तिकै उ अपराधी होइन, दण्ड सजायले सप्रनु भन्दा विग्रिने सम्भावना बढि हुन्छ भानेकी  छिन  ।

त्यसैगरी एचआईभी सङ्क्रमित, पूर्व लागु औषध प्रयोगकर्ताको राष्ट्रिय सञ्जालका अध्यक्ष रन्जन खनालले लागु औषधको लतमा लागेका व्यक्तिलाई सही उपचार, परामर्शको सहारा मिलेमा पचास प्रतिसत भन्दा पनि बढिले चटक्कै छोड्न सक्ने बताएका छन ।

कार्यक्रममा एसियन नेटवर्क पिपुल हु युज ड्रग संस्थाका क्षेत्रीय कार्यालय थाइल्याण्डका कार्यक्रम संयोजक विकास गुरूङले लागु औषध प्रयोगकर्तालाई कडा दण्ड दिने विश्वकै नीति भएपनि  यस समस्याको न्युनिकरण गर्ने हो भने चोरी छिपी हुने व्यवसायलाई राज्यले करकै दायरामा ल्याउनु पर्ने बताए ।

उनले उरूग्वे, क्यानडा र पोचुर््गलले  लागु औषधलाई करको दायरामा ल्याइसकेको पनि बताउनुभयो । त्यसैगरी सोही समस्यामा परेका व्यक्तिहरूका लागि उपचार पुनस्थापनाको काम गर्दै आएको संस्था ‘फेथ’ का अध्यक्ष सुधिर कर्माचार्यले हरेक वर्ष ३६ प्रतिसतले बढिरहेको यस समस्याको निराकरणका लागि राज्यले राम्रो नीति ल्याउनु जरूरी छ भनेका छन  ।