असार १३, वुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बजेटमा प्रदेशको आवश्यकतालाई मध्यनजर गरी प्राथमिकीकरण गरी ब्रेक थ्रु गरेको बताएका छन् ।
आज बुटवलमा पत्रकारहरुसँगको अन्तरक्रियामा बजेट जनमुखी भएको भएता पछि प्रतिपक्षिले विरोध गर्नु दायित्व भएको बताउँदै प्रशासनिक जटिलताका कारण परिणाममुखी काम हुन नसकेको बताए ।
मुख्यमन्त्री पोखरेलले प्रदेशले चाहेको जनशक्ति प्रदेशले नै नियुक्त गर्न पाउनुपर्ने उल्लेख गर्दै अहिले पनि प्रदेशमा रहेका कर्मचारी संघीय कर्मचारी नै भएको बताए । देशमा रहेका कर्मचारीको सरुवा, बढुवा संघीय सरकारले गर्ने भएकाले कर्मचारी प्रदेश केन्द्रीत नभई संघ केन्द्रत भएको बताए । मुख्यमन्त्री पोखरेलले प्रदेशमा स्रोतको बाँडफाँड नभई टुङ्गोमा पुग्न नसक्ने उल्लेख गर्दै समन्वयको ढाँचा निर्माण भएन भने त्यसले समस्या निम्त्याउन सक्ने बताए ।
प्रदेश नं ५ मा नीतिगत तहमा कुनै समस्या नरहेको बताउँदै शहरको विकासका लागि स्थानीय तह नै सक्षम भएको धारणा प्रस्तुत गरे ।










प्रतिक्रिया दिनुहोस्