Banner News

मन्त्रीपरिषदको सात महत्वपूर्ण निर्णय : वैदेशिक रोजगारीदेखि अनुदान स्वीकारसम्म ! अरु के के ?



असार १४, काठमाडौं । आज वसेको मन्त्रीपरिषदको वैठकले सात वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

१. वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका–२०७५ स्वीकृत ।

२. प्रधानमन्त्री केपी ओलीले गरेको मित्रराष्ट्र चीनको औपचारिक भ्रमण सफल भएको र भ्रमण अपेक्षा अनुरुप नेपालको हितमा रहेको ।

३. नेपाल र बङ्गलादेश सरकारबीच हुने द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न र बीमा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने ।

४. कर्जा सुरक्षण नियमावली, २०७५ स्वीकृत ।

५. कृषि विकास रणनीति कार्यान्वयनका लागि युरोपेली संघबाट प्राप्त हुने ४० मिलियन यूरो (करीब पाँच अर्ब ६ करोड) अनुदान सहयोग स्वीकार गर्ने ।

६. बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन विधेयक–२०७५ संसद्मा पेश गर्न स्वीकृत ।

७. निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृतको छनोट, सेवाको शर्त, पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी नियमावली–२०७५ र निक्षेप सुरक्षण नियमावली–२०७५ लाई पनि स्वीकृत गरेको छ ।