असार १४, एजेन्सी । भारतको आर्थिक राजधानी मुम्बईको घाटकोपरमा चाटर्ड विमान दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको छ ।
विमान जुहू विमानस्थलबाट परीक्षण उडानका लागि उडेको थियो । विमानमा सवार दुई जना पाइलट र दुई जना इञ्जिनियरको मृत्यु भएको साथै बाटोमा हिडिँरहका एक मनिसमाथि विमान खसेर ज्यान गएको छ ।
डीजीसीएको हवाई विमान दुर्घटना अनुसन्धान व्युरोले यस दुर्घटनाको अनुसन्धान गर्ने जनाइएको छ । अहिले विमानमा लागेको आगो निभाउने प्रयास भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्