सम्पादकीय

विश्वकपमा नेपालीले दैनिक एक अर्बको बाजी



रसियामा जारी विश्वकपमा हारजितको सन्दर्भलार्इ लिएर नेपालमा सट्टेबाजी मौलाएको छ । आजको नयाँ पत्रिकामा यो  समाचार छापिएको  छ।

विश्वभरका दर्शक टेलिभिजनमा खेल हेर्दै मन परेको टिम र खेलाडीलाई समर्थन गरेर रमाइलो गरिरहेका हुन्छन् तर, कतिपयले यसलाई जुवा खेल्ने खेलाउने मौकाको रूपमा समेत प्रयोग गरिरहेका छन्।

नेपालमा पनि विश्वकप खेलमाथि दैनिक एक अर्बभन्दा बढी रूपैयाँको बाजी लाग्ने गरेको  काठमाडौं ललितपुर, पोखरा, धरान, वीरगञ्ज, विराटनगरजस्ता ठूला शहरमा सट्टेबाजी धन्दा मौलाइरहेको  छ।