समाचार

प्रदेश नं. ४ : प्रदेशको नामबारे विवाद, प्रदेशसभा बैठक स्थगित



असार १९, पोखरा । प्रदेश नं. ४ को प्रदेशको नमाङकनका वारेमा सत्तापक्षमा सहमति जुट्न नसकेपछि प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित भएको छ ।

सोमबार प्रदेशसभाले स्थायी राजधानी पोखरा राख्ने प्रस्ताव पास गरेको थियो । आज मंगलबारदेखि प्रदेशको नामबारे छलफल गर्ने कार्यसूची थियो । तर, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा प्रदेशको नाम के राख्ने भन्ने सहमति जुट्न नसक्दा संसद बैठक बस्न सकेन ।

प्रदेशसभाको अर्को बैठक २१ गते बिहीबार २ बजेसम्मका लागि बोलाइएको छ । प्रदेशको नाममा सहमति जुटाउन मंगलबार बिहान नेकपाको संसदीय दलको बैठक पनि बसेको थियो । शुक्रबारको बैठकमा अधिकांश सांसदले गण्डकी राख्नु पर्ने आवाज उठाएका थिए । तर, नेकपाभित्रै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगै तत्कालीन माओवादीका सांसदहरु तमुवान(मगराँत वा गण्डकी तमुवान राख्ने पक्षमा उभिएका छन् ।