असार २२, मुस्ताङ । मुस्ताङ जिल्लाको दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।
खाना खाएर तामाखोलामा काम गर्न जाने क्रममा बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना परेको हो । कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर सडकबाट खस्दा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था सामान्य रहेको छ भने अरुको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई उद्दारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पर्खिरहेको घटनास्थलमा रहेका प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्