समाचार

मनोहरा नदी सफाई अभियान : दुर्व्यसनी मुक्त बनाउने सांसद वस्नेतको उद्घोष



असार २३, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभा सांसद महेश वस्नेतले भक्तपुर जिल्लालाई दुर्व्यसनी मुक्त जिल्ला बनाउने उद्घोष गरेका छन् ।

६७ औं मनोहरा नदी सफाई अभियानको कार्यक्रममा सहभागि हुँदै सांसद वस्नेतले मनोहरा र हनुमन्ते नदीको किनार आसपासमा रहेका गाँजा पूर्ण रुपमा निर्मुल बनाउनु पर्ने भन्दै सम्पूर्ण भक्तपुर, ललितपुर तथा काठमाडौंका सरोकारवाला संघ संस्था, अभियान्ता, जनप्रतिनिधि तथा नागरिकसँग आग्रह समेत गरेका छन् । कार्यक्रममा वोल्दै सांसद वस्नेतले नदीका किनारमा रहेका गाँजालाई निर्मूल गरे युवा पुस्ता दुव्र्यसनि फस्ने कार्यको अन्त्यको शुरुवात भएको बताए ।

त्यस्तै कार्यक्रममा वोल्दै सांसद वस्नेतले भक्तपुरमा मनोहरा तथा हनुमन्ते नदी सफाई अभियान संचालन गरेको र सरकारले पनि राष्ट्रिय सफाई महाअभियान २०७५ सञ्चालन गरेको बताउँदै आगामि दिनमा निरन्तर यस्ता विभिन्न प्रकारका अभियानहरु सञ्चालन गरी स्वच्छ, सुन्दर, हराभरा वातावरण निमार्ण गरी आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटकिय विकास गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’ सरकारको अभियान सफल बनाउन सकिने बताए ।

त्यस्तै सांसद वस्नेतले काठमाडौंको सवारी जामलाई नियन्त्रण गर्न काठमाडौं भक्तपुर जोड्ने दुईवटा सुरुङ मार्गहरुको डिपिआर कार्य आगामि एक वर्ष भित्रमा सम्पन्न भई कार्य अघि वढ्ने समेत जानकारी दिए । त्यस्तै मनोहरा एकिकृत वस्ती निमार्ण कार्य तिव्र रुपमा अघि वढेको, मनोहरा, हनुमन्ते नदीको करिडोर निमार्णकार्य भईरको, मनोहरा तथा हनुमन्ते नदीका विभिन्न ठाउँमा पुलहरु निमार्ण कार्य द्रुत गतिमा अघि वढेको, भक्तपुर जिल्लाका विभिन्न ठाउँमा सडक निमार्णका कार्यहरु तिव्र रुपमा कार्य भईरहेको जानकारी गराए ।

देशमा लामो समयदेखि अन्यौल र अस्थिरता भएको तर अहिले राजनैतिक तथा सामाजिक अस्थरताको अन्त्य भएको बताउँदै अवका दिन भनेको विकास निर्माणसँगै आर्थिक विकास गरी स्वदेशमा नै रोजगारीको ज्ञारेन्टी हुनुपर्नेमा जोड दिए । वर्तमान समय जनप्रतिनिधि जनमुखी कार्यमा समर्पित हुनुपर्ने बताउँदै सांसद वस्नेतले ढिला सुस्ती तथा विकास निर्माणका क्रममा हेलचेक्र्याई गर्ने जो कसैलाई पनि नछोडीने समेत चेतावनी दिएका छन् ।

कार्यक्रममा वोल्दै कार्यक्रममा संयोजक रुद्र पौडेलले आफु र आफ्नो नेतृत्वको अभियान्ताको टोलीले निरन्तर रुपमा नदी ताथ वातावरण संरक्षण तथा सम्वद्र्धनमा लागि रहने र त्यसमा निरन्तर रुपमा सहयोग गर्न सांसद वस्नेतलाई आग्रह समेत गरेका छन् । त्यस्तै संयोजक पौडेलले आउने हप्ता पनि गाँजा फडानी गर्ने र त्यसवाट नयाँ पुस्तालाई दुर्व्यसनी फस्न नदिन सचेत गराउने बताए ।

कार्यक्रममा मध्यपुर ठिमी प्रहरी वृत्तका डिएपी, नयाँ वानेश्वर प्रहरी वृत्तका डिएपी, विभिन्न संघ संस्था लगायत सयौ स्थानीय वासी नागरिक तथा सरोकारवालाहरुको उल्लेख्य रुपमा उपस्थिती रहेको थियो ।