असार २३, रामेछाप । नेपाली काग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले वर्तमान केपी ओली नेतृत्वको सरकारले पूर्ववतीए सरकारले गरेका निर्णयहरु उल्ट्याउँनु प्रजातान्त्रीक मान्यतालाई कुल्चिएर चालिएको निरंकुशता उन्मुख कदम भएको बताए ।
प्रेस युनियन, रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा शनिबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा देउवाले भने, भारत र चीनसँग प्रधानमन्त्री केपी शर्मा ओली लम्पसार परेको आरोप लगाएका छन् । उनले चीनबाट रेल ल्याउने विषय ‘सपना’ मात्रै भएको बताउँदै पूर्ववती सरकारका निर्णय उल्ट्याएर सरकार मुठभेड निम्त्याउन खोजेको आक्रोस व्यक्त गरे ।
देउवाले आफ्नो सरकारले गरेका नियुक्ति खारेज गर्ने ओली सरकारको कदम कुनै हातलमा स्वीकार नगर्ने प्रष्ट पारे ।
देउवाले अनशनरत डा। गोविन्द केसीको सत्याग्रहमा सरकारले अवरोध पुर्याएको घटनाप्रति पनि आपत्ति जनाए । शान्तिपूर्ण विरोध प्रदर्शन गर्न समेत रोक लगाइनुले सरकार निरंकुशताको बाटोमा अग्रसर भएको पुष्टि गरेको उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्