समाचार

एसपी रानाको उद्घोष : पोखरा गुण्डा मुक्त क्षेत्र, २ महिनामा सयौं कारवाही



असार २३, पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरिक्षक ओम रानाले पोखरालाई गुण्डा मुक्त क्षेत्र बनाउने उद्घोष गरेका छन् ।

पर्यटकीय नगरी पोखरा पर्ने जिल्ला सुरक्षाको दृष्टिकोणबाट निकै महत्वपूर्ण छ । जसको कारण यो जिल्लामा सुरक्षा प्रमुखका रुपमा आउने धेरै लालाहित हुने गर्दछन् । काम देखाउने ठाउँका रुपमा यो जिल्लालाई दिने गरिन्छ । यहाँ आएका कमै सुरक्षा प्रमुख छोटो समयमा राम्रो उपलब्धी हासिल गर्न निकै गाह्रो पर्छ ।

प्रहरी उपरिक्षक राना कास्की प्रमुखका रुपमा आएको दुई महिनामै कस्की प्रहरीमा दुई ३ सय ५५ वटा मुद्दा दर्ता भएको छ । कास्कीका प्रहरी प्रमुख रानाका अनुसार गएको वैशाख ३१ ग्तेदेखि अहिले असार २० गतेसम्मको तथ्यंकमा सो मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको हो ।

रानाले भने “विगतमा समान्य हिसाबले सहजीकरण गर्दा अपराध र अपराधीक क्रियाकलापसँगै शान्ति सुरक्षालाई चुनौती दिएको देखिएको तर मुद्दा नै चलाउने क्रम बढेपछि यो क्रम रोकिएको छ ।” उनका अनुसार उक्त मुद्दामा अहिलेसम्म ८० महिला सहित ६ सय ७० जनालाई कारवाही गरिएको छ ।

यता प्रहरीले विभिन्न कारवाही अभियान समेत तिब्र पारेको छ । जस अनुसार वाइक मोडीफाई गर्ने १ सय १३ जना कारवाहीमा परेको उनले बताए । यस्तै मिटरमा जान नमान्ने ९३ वटा ट्याक्सी, सिट क्षमता भन्दा बढी बोक्ने ३९ विना लाईसेन्स चलाउने ३ सय ६०, फुटपाथमा पार्किङ गर्नै ३ सय ९९ वटा सवारी समेत कारवाहीमा परेका छन् ।

यस्तै ठुलो परिमाणमा लागु औषध सहित ६० जना कानुनी कारवाहीमा परेका छन् । यस्तै ठुलो परिमाणमा गाँजा फँडानी तथा घरेलु मदिरा नष्ट गरेको उनको भनाई छ ।

यस्तै विरौटा प्रहरीले पनि विभिन्न उपलव्धीमुलक काम गरेको छ । जसअनुसार फरार रहेका ५८ जना अपराधिलाई पक्राउ गरेको, यौन व्यवसायमा संलग्न ७८ जना, जुवा तास सहित ७१ जना, नदीजन्य चोर निकासीमा ४ जनालाई पक्राउ गरी कारवाही गरिएको जनाईएको छ । यस्तै प्रहरीले सामाजिक कार्य अन्तरगत स्कुल शिक्षा, कुकुर सहितको चेकजाँच, प्रहरी हाम्रो टोलटोलमा अभियान समेत चलाएको छ ।

उनले कास्कीमा चोरी, लुटपाट, कालोबजारी न्यूनिकरण गर्दै न्यायिक निकायसंगको समन्वयमा फरार अपराधीको पक्राउ तथा कारवाहीलाई एक्सनकै रुपमा कामबाट देखिने भन्दै कास्कीलाई गुण्डामुक्त क्षेत्रका रुपमा स्थापित गराउन आफु सक्रिय हुने समेत बताए ।