समाचार

सर्वोच्च वार निर्वाचन : पेशागत, प्रगतिशिलबाट ८ र लोकतान्त्रीकबाट ७ जना विजयी



असार २४, काठमाडौं । सर्वोच्च वार एशोसिएशनको निर्वाचनमा यसरी निर्वाचित पदाधिकारीको जम्मा १५ जना मध्येमा पेशागत, प्रगतिशिल समुहका तर्फबाट ८ जना विजयी भएका छन् भने लोकतान्त्रीक समुहका तर्फबाट ७ जना विजयी भएका छन् ।

शनिबार भएको निर्वाचनमा अध्यक्षमा पेशागत, प्रगतिशिल समुहकै वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी ३०३ मतका साथ विजयी भएका छन् । लोकतान्त्रीकका तर्फबाट अध्यक्ष पदमा वरिष्ठ अधिवक्ता दामोदर खड्का २४३ मत ल्याएका छन् । उपाध्यक्षमा अधिवक्ता खड्काले ३२४ मतका साथ विजयी भएका हुन । पेशागत, प्रगतिशिल समुह तर्फका अधिवक्ता राजु खड्का सर्वाधिक मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्दीका रुपमा रहेका वरिष्ठ अभिवक्ता नारायण झाले २१७ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा लोकतान्त्रीक समुहका सुभनराज आचार्य २९७ मतका साथ विजयी भएका छन् । पेशागत, प्रगतिशिल समुह तर्फका सचिवका उम्मेदवार वासुदेव सिग्देलले २३९ मत प्राप्त गरेका छन् । त्यस्तै सहसचिवमा लोकतान्त्रीक समुहकै पूर्णीमा रिमाल गुरागाई २८१ मतका साथ विजयी भएकि छिन् । पेशागत प्रगतिशिल समुहका तर्फबाट पुण्यशिला दवाडी घिमिरे २५६ मत प्राप्त छिन् । त्यस्तै कोषध्यक्षमा लोकतान्त्रीकका सरोज कृष्ण घिमिरे २७५ मतका साथ विजयी भएका छन् भने उनका प्रतिद्वन्दीका रुपमा रहेका पेशागत, प्रगतिशिलका तर्फबाट धनञ्जय खनाल २५४ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्यमा पेशागत प्रगतिशिल समुहकी किरण कुमारी गुप्ता २६८ मतका साथ विजयी भएकि छिन् । प्रतिद्वन्दीको रुपमा लोकतान्त्रिककी रिमा शाहले २२९ मत प्राप्त गरेकि छिन् ।

त्यस्तै सदस्यहरुमा पेशागत, प्रगतिशिल समुहका तर्फवाट राजु आचार्य २६६, पुष्पराज पौडेल २८६, राजाराम उपाध्याय भट्टराई २६६, दिपेन्द्र कुमार राई २५८ र मुरारीप्रसाद सापकोटा २६२ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै लोकतान्त्रीक समुहका तर्फवाट सदस्यहरुमा भुवनप्रसाद वाग्ले २६६, रमेश महर्जन २७२, सन्तोष कुमार महतो २६३ र कल्याण पोखरेल २५९ मतका साथ विजयी भएका छन् ।