असार २४, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले वाढी पहिरो तथा विभिन्न प्रकारले विपदमा परेका जनतालाई राहत उपलब्ध गराउनु राज्यको आधारभुत दायित्व भएको बताएका छन् ।
आईतबार राष्ट्रियसभाको बैठकमा गृहमन्त्री थापाले बाढि, पहिरो र डुबान पीडितलाई राहत र सेवा उपलब्ध गराउन सरकार सक्रियताका साथ लागि रहेको जानकारी गराए । उनले बाढि, पहिरो र डुबान पीडितलाई राहत र उद्दार गर्न सरकार गम्भिर र सचेत रहेको पनि स्पष्ट पारे । गृहमन्त्री थापाले विपद् व्यवस्थापनका समस्या समाधानको निम्ती सरकारले करिव ५४ अरव बजेटको व्यवस्था गरेको जानकारी दिए ।
आईतबार राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डले उपकुलपति कोइरालालाई क्यानडा भ्रमणमा जान नदिएकोमा आपत्ति जनाउँदै रोक लगाउनुको कारणबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका थिए । सांसदको प्रश्नको उत्तर दिदैं गृहमन्त्री थापाले अनुमतिविना विदेश भ्रमणमा जान नपाउने सरकारको निर्णय नमानेपछि संस्कृत विश्वविद्यालयका उपकूलपति प्रा। डा। कुलप्रसाद कोइरालालाई क्यानडा भ्रमणमा जान नदिइएको स्पष्टिकरण दिए ।
शनिबार अपरान्ह क्यानडामा आयोजना हुन लागेको १७ औं विश्व संस्कृति सम्मेलनमा सहभागी हुन जान लागेका उपकूलपति कोईरालालाई विमानस्थलबाटै प्रहरीले फर्काएर प्रधानमन्त्री निवास बालुवाटार पु¥याएको थियो ।










प्रतिक्रिया दिनुहोस्