समाचार

सांसद वस्नेतले दिएको दमकेदार भाषण : प्रधानसेनापति पुत्र अभिषेकको कर्तुत छताछुल्ल



असार २४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले बुधवार संसदमा शुन्य समयमा दिएको दमकेदार भाषणले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको छोरा अभिषेश क्षेत्रीको कालो कर्तुत छताछुल्ल भएको छ ।

सांसद वस्नेतले नेपाली सेनामा भएको विकृती तथा विसंगति लगायतका विषयमा आफ्नो धारणा प्रस्तुत गर्दै छानविनको माग गरेका थिए । सांसद बस्नेतले संसदमा सेनाभित्र हुने भ्रष्टाचार, लैंगिक विभेद र पूर्वाधार विकासका विभिन्न परियोजनामा सैनिक संलग्नताको अपारदर्शिताबारे प्रष्ट रुपमा जानकारी गराएका थिए ।

सांसद वस्नेतले पछिल्लो समय सेना भ्रष्ट हुँदै गएको मात्र नभई ‘कमर्सियल’ उद्देश्य बोकेर व्यापारी चरित्र देखाउँदै जानु । सांसद वस्नेतले भनेका थिए ‘फास्ट ट्र्याकको निर्माणमा होस् या सेनापति निवास शशी भवनको निर्माण, भ्रष्टाचार भएको चर्को गुनासो आएको छ । रक्षा मन्त्रालयले समिति बनाएर छानविन गर्नुपर्छ, सेनाको संलग्नता भएका परियोजनामा अपारदर्शिता छ, तत्काल छानबिन हुन जरुरी छ ।’ संघिय संसदमा वोल्दै सांसद वस्नेतले सून्य समयमा बोल्दै नेपाली सेनाभित्र विद्यमान नातावाद, कृपावादका कारण हालै भएको प्रमुख सेनानीबाट महासेनानीको बढुवामा ८ वटा ब्याजलाई एकै ठाउँमा राखेर बढुवा गरिएको बताए । सांसद वस्नेतले बढुवा गर्दा कनिष्ट र आफ्ना मान्छेहरुलाई बढुवा गरी भविष्य भएका व्यक्तिहरुको टाउकोबाट तातोपानी खनाउने काम भएको उल्लेख गरे । त्यस्तै सांसद बस्नेतले सुवेदारहरुको ५५ वर्षे सेवा अवधि घटाएर ५२ कायम गरिएको र सकल दर्जाको रासन गुणस्तरहीन भएको गुनासो आएको जानकारी समेत गराए । बस्नेतले नेपाली सेनालाई लोकतान्त्रिकीकरण गर्न आवश्यक भएको बताउँदै रक्षा मन्त्रालयले सकल दर्जाहरुको आवाज सुन्नको निम्ति एउटा समिति बनाउन सरकारसँग माग समेत गरे । सो समयमा वोल्दै सांसद वस्नेतले भने ‘सेनाभित्र सकल दर्जाको आवाज सुन्ने एउटा छुट्टै संयन्त्र बन्नु जरुरी छ, जहाँ सिभिल रुल्स पनि लागू हुन सकोस् ।’

यसै क्रममा प्रधानसेनापतिका छोरा अभिषेकले विभिन्न वहानामा प्रधानसेनापति निवास शशी भवनको निर्माण गर्न ठेकेदार यादव कुँवर र दिपक कुँवरले ठेक्का पाएका थिए । उनीहरुले कामलाई यथासक्दो रुपमा निरन्तरता दिएकै थिए । काम निरन्तर अघि वढिरहेको थियो । मुख्य काम सकेपछि बाँकी काम खोस्दै प्रधानसेनापति क्षेत्रीका पुत्र अभिषेक क्षेत्री र उनका पार्टनर सुमित साहलाई दिइयो । काम गरेको विलिङ भने ठेकेदार कुँवर दाजुभाईकै कम्पनिबाट गराइयो । नाफाको खेतीमा लागि परेका अभिषक जसले अन्य ठेकेदारको कार्यको परिसना चुस्न पछि परेनन् । कानुनी आधारमा कुँवरलाई नै देखिने गरी पहुँचका आधारमा नाफा मुखी कार्य गर्दै अन्यलाई शोषण गर्दै अघि वढ्ने क्रममा रहे अभिषेक ।

नेपाली सेनामा भएको भ्रष्टचार, अनियमितता लगायतका कुराहरुमा छानविन गर्ने हो भने शशी भावन मात्र नभई अन्य सयौं विकास निमार्णका कार्यहरमा करोाडौं भ्रष्टचार भएको पोल खुल्ने निश्चित देखिएको निकट स्रोतले जनाएको छ । स्रोतका अुनसार सेनाको लागि राशन सप्लाई गर्ने एक ठेकेदार भन्छन्, ‘सेनाभित्र काम दिने र विचमा खोसेर आफ्नो मान्छेलाई दिने षड्यन्त्र ब्यापक भइरहेको छ । मिटरब्याजमा रकम लगानी गर्नेदेखि ठेक्कापट्टाको सवै काम प्रधानसेनापतिका पुत्र अभिषेकले सम्हाल्दै आएका छन् ।’ यसबाट के प्रष्ट हुन्छ भने नेपाली सेनामा पछिल्लो समय पहुँचका आधारमा जस्तोसुकै कार्य हुने गर्दछ । हुनत प्रधानसेनापतिले अकुत रुपमा कमाएको सम्पत्ती स्वेत बनाउनेको निम्ती योजनावद्ध रुपमा अघि वढेका हुनसक्छन् प्रधानसेनापति । यति मात्र नभई प्रधानसेनापति अवकाशको समयमा पुग्नै लाग्दा उनी विभिन्न तह र तप्कामा आफ्नो पहुँच देखाउँदै राजदुत हुने प्रयासमा निरन्तर लागिरहेको स्रोतले बताएको छ ।