समाचार

सरकारले गैर कानूनी रुपमा हटाएको भन्दै पाँच जनाद्वारा सर्वोच्चमा रिट



असार २६, काठमाडौं । सरकारले गैर कानूनी रुपमा पदबाट हटाएको दावी गर्दै पाँच जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

गत बुधबार सरकारले गरेको निर्णय कानुन विपरित जनाउँदै अदालतमा नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष दिगम्बर झा, खानेपानी संस्थानका महाप्रबन्धक डा. भुपेन्द्र प्रसाद, गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्याय, राष्ट्रिय सहकारी बोर्डका सह अध्यक्ष दक्ष पौडेलले आफ्नो बर्खास्त गैर कानुनी रहेको दाबी गर्दै रिट दायर गरेको हुन् ।

यसअघि हिजो कर्जा सुरक्षण कोषको प्रमुख (सीइओ) बिष्णुबाबु मिश्रले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचनको समयमा निर्वाचन आचार संहिता विपरित नियुक्ति गरेका सम्पूर्ण निर्णयहरु वदर गर्दै सयौ निर्णयहहरु वदर गरको थियो । पुर्ववर्ति शेर बहादुर देउवा सरकारले भदौ १४ गतेपछि गरेका राजनितिक नियुक्ति बदर गरेपछि उनीहरु बर्खास्त भएका थिए ।