रोचक

चीनमा खुर्सानी खाने प्रतियोगिता सुरु



असार २८, एजेन्सी । चीनको हुनान प्रान्तमा खुर्सानी खाने प्रतियोगिता सुरु भएको छ ।

गत वर्षदेखि यो प्रतियोगिताको सुरुवात भएको हो र सुरुमा १० जनाले भाग लिएका थिए । सबैभन्दा छोटो समयमा ५० वटा खुर्सानी खानेले प्रतियोगिताको उपाधि जित्दछ । त्यस क्रममा तांग सुइहुइ नामका एक युवकले ६८ सेकेण्डमा ५० वटा खुर्सानी खाएर प्रतियोगिता जिते ।

खुर्सानी खाने प्रतियोगिताको विजेताले २४ क्यारेट सुनको सिक्का पाउँदछ ।