रोचक

गायकलाई अंकमाल गरेको भदै युवती पक्राउ



असार ३२, एजेन्सी । साउदी अरबमा गायकलाई अंकमाल गरेको भन्दै एक युवती पक्राउ परेकी छिन् ।

साउदीको तैफ सहरमा लाइभ कन्सर्ट भैरहेको बेला प्रस्तुती दिइरहेका गायक माजिद अल मोहन्जितलाई एक महिलाले स्टेजमै गएर अंकमाल गरेकी थिइन् ।

उनलाई तत्कालै पक्राउ गरि पुलिसको हिरासतमा राखिएको र उनीमाथि आपराधिक उत्पीडन सम्बन्धी कानूनका आधारमा सरकारी मुद्धा चलाइने बताइएको छ ।

साउदीमा महिलालाई सार्वजनिक स्थानमा आफ्नो परिवार बाहेकको पुरुषसँग भेट गर्न निषेध छ । महिलाहरुलाई पहिलोपटक फुटबल म्याच तथा कन्सर्ट हेर्न छुट दिइएको छ ।