स्वास्थ्य

आँप खानुका फाइदाहरु



असार ३२, काठमाडौँ । आँप गर्मी मौसममा पाइने फल हो । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ ।

फाइदाहरु

ब्लडप्रेशरको लेवल कन्ट्रोल गर्न मद्दत गर्छ ।

– आँपमा भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ ।

–  मुटु सम्बन्धी समस्यालाई कम गर्छ ।

– आँपमा पाइने भिटामिन ए ले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी समस्या कम गर्न सकिन्छ ।

–  पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट मुक्ति मिल्छ ।

– मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउछ साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ र शरीरमा इन्फेक्सन हुनबाट बचाउँछ ।