राजनीति

३ वर्षमा ३ हजार, १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन : उर्जामन्त्री पुन



साउन १, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले तीन वर्षमा ३ हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने बताएका छन् ।

विद्युत विकास विभागको रजत जयन्तिको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले ३ वर्षमा ३ हजार मेगावाट विद्युत उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको बताए । ५ वर्षमा ५ हजार मेगावाट विद्युत उत्पादन गर्ने कार्य योजनासहित सरकारले विद्युत विकासका लागि श्वेतपत्र नै जारी गरेको बताए ।

१० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यमाथि खिल्ली उडाउनेहरुलाई वोलेका कुरालाई व्यवहारमा उतारेर जवाफ दिने समेत दावी गरे । मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानीलाई उच्च प्राथमिकता दिएर अघि वढ्ने बताए ।