समाचार

चिकित्सक संघको घोषणा : देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने



साउन २, काठमाडौं । नेपाल चिकित्सक संघले बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरे संगै जनतालाई सास्ती हुने भएको छ ।

आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै संघले भनेको छ, ‘सरकारले नै बनाएको विज्ञ टोलीले दिएको सुझाव अनुसार चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने वातावरण तयार गर भन्दा समेत डा. केसीले जीवन त्याग्नु पर्ने परिस्थिति सिर्जना भयो भने त्यो भन्दा दुर्भाग्य केही हुन सक्दैन ।’

चिकित्सक संघले भोलि देशभरका स्वास्थ्यसंस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न र दिउँसो १ बजे माइतेघर मण्डलामा आन्दोलनको लागि भेला हुने निर्णय गरेको छ । भोलि को आन्दोलनले पनि सरकारले माग सुनुवाई नगरे देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी पनि चिकित्सक संघले दिएको छ ।