समाचार

इन्टरनेट वैज्ञानिक र व्यवस्थित हुन्छ, कालोवजारी गर्नेलाई कारवाही : मन्त्री वास्कोटा



साउन २, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले इन्टरनेटको मुल्यमा कालोवजारी गर्नेलाई कारवाही गरी उपभोक्ताको हितमा वैज्ञानिक र व्यवस्थित गर्ने बताएका छन् ।

मन्त्री वास्कोटाले सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्न नमानेको र मूल्य बढाएको भन्दै सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत शुल्क लगाएसँगै इन्टरनेट सेवा प्रदायकहरुले आफूखुसी मूल्य बढाएपछि सरकारले मूल्य बढाउने कम्पनी माथि कार्बाही गर्ने तयारी समेत थालेको जानकारी गराए । इन्टरनेटको मूल्य बढाइनुलाई कालोबजारी गरेको भन्दै मन्त्री बासकोटाले इन्टरनेट प्रदायक कम्पनीलाई मूल्य नवढाउन र बढाए कार्वाही गरिने चेतावनी दिए ।

मन्त्री बास्कोटाले भने ‘अन्तर्राष्ट्रिय बजारमा इन्टरनेटको मूल्यमा भारी गिरावट आएको छ । सोहीअनुसार नेपालमा मूल्य समायोजन गर्दा उपभोक्ताले विगतमा भन्दा आधा सस्तोमा इन्टरनेट सेवा उपभोग गर्न पाउनुपर्ने हो । तर, सेवा प्रदायकहरुले इन्टरनेट सेवाको मूल्य घटाउनुको साटो बढाएका छन् ।’