साउन ३, काठमाडौं । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ तथा राष्ट्रिय चिकित्सक संघले नेपाल मेडिकल एशोसिएशन राजनैतिक गोटी भएकोमा दुःख व्यक्त गरेको छ ।
चिकित्सा शिक्षा विधेयक हुबहु पारित हुनुपर्ने भन्दै अनसनमा रहेका डा. गोविन्द केसीलाई सहयोग गर्ने वहानामा अस्पताल जस्तो संवेदनशिल ठाउँमा हड्ताल तथा वन्द गर्नु विरामीको भविष्य माथि खेलवाड गर्नु भएकाले वन्दको तथा हड्तालको विरुद्ध खेद प्रकट गरेका छन् ।
दुवै संगठनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै वन्दले स्वास्थ्य क्षेत्रलाई कमजोर वनाउने र जनताको स्वास्थ्यलाई दाउमा राखेर राजनीतिक गर्नेहरुको उद्देश्यमात्र पुरा हुने ठहर गर्दै सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आन्दोलनमा सहभागि नभई आफ्नो नियमित कार्यलाई यथावत राख्न आग्रह गरेको छ ।











प्रतिक्रिया दिनुहोस्