साउन ३, काठमाडौं । १९ दिन देखी जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई उपचारका सिसियु अनिवार्य भएकाले आज काठमाडौं ल्याइने भएको छ ।
कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा केसीको उपचार भइरहे पनि उनको अवस्था बिग्रँदै गएकाले उनलाई काठमाडौं ल्याउने तयारी भईरहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
यहीबीच बुधबार बसेको नेकपाको बैठकले केसीलाई काठमाडौं ल्याउने र मागबारे छलफल गर्ने निर्णय गरेको छ ।
सरकारले डा. केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारीमा गरिरहेको छ भने कुन समयमा ल्याउने भन्नेबारे केही बताइएको छैन । उनी पक्षीय चिकित्सकले भने बलजफ्ती काठमाडौं लैजान लागिएको भन्दै विरोध जनाएका छन् ।
कर्मचारीको टोलीलाई पूर्ण अधिकार नभएको भन्दै डा. केसीका समर्थकले बुधबार नै मन्त्रीस्तरमा मात्र वार्ता गर्ने अडान सार्वजनिक गरेका छन् । डा. केसीका प्रतिनिधिसँग वार्ता भएपनि सहमति हुन सकेको छैन ।










प्रतिक्रिया दिनुहोस्