साउन ४, भौरहवा । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत पूरा भएसँगै आगामि सन् २०१९ सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवसको अवसरमा विमानस्थलबाट पहिलो अन्तराष्ट्रिय उडान भर्ने भएको छ ।
विभिन्न वहाना तथा आन्दोलनको कारण निर्माण कार्य ढिलासुस्ती, सामान अभाव, मुअव्जा, आथिृक लेनदेन लगायतका विवादका कारण निर्माण कार्यमा ढिलाई भएको हो । तर पछिल्लो सयम चिनिया कम्पनीले आफ्नो कार्यलाई तिव्रताका साथ अघि वढाएसँगै २०१९ सम्ममा उडान भर्ने भएको हो । विमानस्थलको जिम्मा लिएको चिनिया ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले अहिले काममा तिव्रता दिएकाले अब निर्धारित समयमै काम पूरा हुने विश्वास बढेको छ ।
सन् २०१५ जनवरीमा शुरु भएको आयोजना निर्माण सुरु भएको दुई वर्षमा अर्थात् सन् २०१७ मै पूरा गर्ने लक्ष्य राखिएको थियो । सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित चिनियाँ ठेकेदारमार्फत २०१५ मा विमानस्थल निर्माण कार्य सुरु भएको थियो ।
विमानस्थल निर्माणमा लगानी गरेको एशियाली विकास बैंकले २ महिना अघि चिनियाँ ठेकेदार कम्पनीले निर्माणमा सन्तोषजनक काम नगरेकाले अनुदान र ऋण रोक्ने चेतावनीपत्र नागरिक उड्ययन प्राधिकरणलाई पठाएको थियो । जनवरीयता उसले ऋण र अनुदानसमेत बन्द गरेको थियो । तर, पछि विवाद समाधान भई काम सन्तोषजनकरुपमा अगाडि बढेपछि एडीबीले ऋण लगानीलाई निरन्तरता दिएको छ ।
निर्माणाधीन कामहरुमध्ये पार्किङ एरियाको ७० प्रतिशत काम सम्पन्न भएको छ भने बाँकी रहेको ३० प्रतिशत काम एक महिनाभित्र पुरा गर्ने आयोजनाको तयारी रहेको वताइएको छ । अहिले प्रशासकीय भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
कूल ६ अर्ब २२ करोड रुपैयाँ लागतको यो विमानस्थलमा एडिबीको ५४ करोड रुपैयाँ अनुदान रहेको छ । बाँकी चार अर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो । विमानस्थल निर्माणमा हालसम्म २ अर्ब ६ करोड खर्च भएको आयोजनाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्