पर्याप्त मात्रामा कार्यालयको भवन नहुँदा र आफ्ना लागि बनाइएको भवन पनि अर्कैले प्रयोग गर्न थालेपछि सिंहदरबारभित्र रहेको राष्ट्रिय सतर्कता केन्द्र नै अलमलमा परेको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।
केन्द्र अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भुइँतलामा रहेको छ । केन्द्रका लागि बनाइएको भवनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बसिदिएपछि केन्द्र पुरानै समस्याले ग्रसित छ । प्रशासन तथा योजना शाखाका अधिकृत नारायण दाहालले केन्द्रको प्रमुख समस्या नै आफ्नो भवन नहुनु र साँघुरो कोठामा खुम्चिएर बस्नु परेको बताए ।
‘मुख्य समस्या भनेको नै भवन हो, अस्तव्यस्त कार्यालय भएकाले पनि भनेजस्तो काम गर्न सकिएको छैन’, दाहालले भने, ‘आफ्नै भवन भए काम गर्न सजिलो हुन्थ्यो तर कसैले पनि चासो देखाइदिएनन् ।’ अहिले राष्ट्रिय योजना आयोग रहेको भवनसँगै केन्द्रका लागि भनेर नयाँ भवन बनाइएको थियो ।










प्रतिक्रिया दिनुहोस्