उपत्यकामा बाहिरी चक्रपथ निर्माणको चर्चा हुन थालेको बर्सौं बितिसके पनि अझै निर्माण सुरु हुन सकेको छैन। पछिल्लो समय विभागीय मन्त्रीले नै बाहिरी चक्रपथ निर्माण रोकेका छन् । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले चक्रपथ निर्माणसम्बन्धी सबै विवरण मन्त्रालय पठाएको अवस्थामा सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले निर्माण प्रक्रियामा थप छलफल गरी निर्णय लिनुपर्ने भन्दै प्रक्रिया रोकेका हुन्।










प्रतिक्रिया दिनुहोस्