मनोरञ्जन

बलिउडको जी-टिभीको ‘जी सिने अवार्ड’ काठमाडौँमा हुने



साउन ६, काठमाडौँ । भारतीय टेलिभिजन च्यानल जि – टिभीले ‘जी सिने अवार्ड’ अवार्ड  यसवर्ष काठमाडौँमा गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित भव्य समारोहमा भारतबाट आएका टेलिभिजन संचालकले घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीको सक्रियता र निर्देशक दिनेश डीसीको संयोजनमा अवार्ड काठमाण्डूमा गर्न लागिएको हो ।

उक्त समारोहमा भारतीय सांसद सुवास चन्द्र, अमर सिंह, जी टिभी नेटवर्ककी संस्थापक एवं जया प्रदा सहभागि थिए । भेटमा चन्द्रले आगामी डिसेम्बरतिर जी टिभी अवार्ड काठमाण्डूमा गर्ने र हरेक वर्ष नेपाली फिल्मका लागि समेत अवार्ड गरिने बताए ।

सो भेटघाटमा पर्यटनमन्त्री रविन्द्र अधिकारी, अभिनेता नीर शाह, शिव श्रेष्ठ, भुवन केसी, निखिल उप्रेती, झरना थापा, संचिता लुइँटेल, कोमल ओली, शम्भुजित बाँस्कोटा, केशव भट्टराई लगायतको उपस्थिती थियो ।