साउन ६, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माण भइरहेको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको कार्यालयमा स्थानीय वासिन्दाले तालाबन्दी गरेका छन् ।
बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा लगायतका जनप्रतिनिधिहरु उपस्थितिमा आयोजनाको साइट कार्यालय जम्बुमा पुगेर आयोजना प्रभावित क्षेत्रका स्थानीयले कार्यालयमा तालबन्दी गरेका थिए । आयोजना प्रभावित साविकको पाँच गाविसमा स्वास्थ्य चौकी, विद्यालयजस्ता भौतिक संरचना निर्माणमा चासो नदिएको सहितका विभिन्न १२ बुँदे माग राख्दै तालाबन्दी गरेका हुन् । आयोजना प्रभावित क्षेत्रका स्थानीयले अधिग्रहण गरेको जग्गाको अहिलेसम्म क्षतिपूर्ति नदिएको, स्वास्थ्य चौकी लगायतका संरचनाहरु हालसम्म पनि निर्माण नगरिदिएको, स्थानीयसँग गरेका प्रतिवद्धताहरु पूरा नगरेको आरोप लगाएका छन् ।
आयोजना छिटो सम्पन्न गर्न स्थानीयको तर्फबाट सहयोग गरे पनि आयोजनाले पेलेर जान खोजेपछि आफूहरुको समेत सर्मथनमा आयोजनामा तालबन्दी गरिएको बाह्रविसे नगरपालिकाका मेयर शेर्पाले जानकारी दिए । ‘शान्तिपूर्ण रुपमा टेण्डर दर्ता हुनै लाग्दा प्रजिअले टेण्डर रोक्ने काम गर्नुभयो’ बाह्रविसे नगरपालिकाका मेयर शेर्पाले भने ‘टेण्डर रोक्ने मात्रै होइन जनप्रतिनिधिलाइए धम्की समेत दिनुभयो ।’
भौतिक निर्माणको काम गर्न मध्यभोटेकोशी आयोजनाले चार करोडको टेण्डर आहृवान गरेको थियो । तर दुई पक्षबिच झडप भएपश्चात प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले टेण्डर दर्ता रोक्न निर्देशन दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्