साउन ८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ ।
नेकपाले मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राजिनामा दिन निर्देशन दिएको निकट स्रोतले बताएको छ । कानुनमन्त्री तामाङले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भन्दै माफी मागेका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई बोलाएर छलफल गरेका थिए । उक्त बैठकमा नेताहरुले राजीनामा दिन निर्देशन दिएका थिए । शिर्श नेतृत्वको निर्देशनसँगै मन्त्री तामाङले आजै पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने स्रोतले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्