साउन ८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नविना लामाले पूर्व कानुनमन्त्री शेरवहादुर तामाङले दिएको अभिव्यक्तिलाई गलत व्याख्या गरी अनावश्यक लालछना लगाई मन्त्री पदको अवमुल्यन गरेको बताएकी छिन् ।
उनले सामाजिक सञ्जाल फेसवुकमा लेखेको स्ट्याटस जस्ताको तस्तै
तामाङ समुदायमा जन्मेर पार्टी, राज्य प्रतिनिधित्व, वर्ग़िया अन्दोलनमा निकै दुःख कस्ट गर्दै कानुन मन्त्रीको पद समालेका शेर बहादुर तामाङ निकै उच्च चरीत्रको शालिन ब्याक्तित्व भएको मान्छे हुन उहाँलाई नजीक बाट चिनने माँछे हो म ! उनको इन्टेनसन गलत थिएन उनले मेडिकल क्षेत्रभित्रका ब्यथिती माथि टिप्पणी मात्र गर्न खोजेका थिए तर तेस्को गलत ब्याख्या विश्लेषण गरि अनावश्यक लालछाना उहाँ माथी लगाइयो यस्का बाबजुत पनि उहाँले आम रूपमा क्षेमायाचना गरिसक्नु भएको छ मन्त्री पद निकै महत्त्वपूर्ण सम्मनित पद हो यस्को अबमुल्यन गर्न हुदैन यो त मन्त्री पदको अबमुल्यन पनि हो यस्ता बिषयलाई हलका रुपमा फिजाउनु भन्दा पनि यस्को गरिमालाई ठूलो बनाउनु राम्रो हुन्छ विभिन्न मिडिया लगायतका क्षेत्रबाट कानुन मन्त्रीको राजिनामाको खबर आइरहेको छ एउटा तामाङ समुदायको मानिसलाई राज्य सन्चालनका यति महत्त्वपूर्ण पदमा पुग्न अब निकै समय कुर्नु पर्ने हुन्छ यो हाम्रा लागि दुर्भाग्यपूर्ण हुन्छ यो एक प्रकारको अन्याय पनि ज़स्तो लाग्यो !! यो गम्भीर छलफलको विषय हुनु पर्छ उनको इमानदारिता सच-चरित्रको उच्च मुल्यांकन हुनु पर्छ !










प्रतिक्रिया दिनुहोस्