समाचार

संसदिय सुनुवाई समितिमा प्रधानन्यायधीशका लागि सिफारिस जोशीको सुनुवाई आज



साउन १०, काठमाडौं । प्रधानन्यायधीशका लागि सिफारिस भएका सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई आज हुने भएको छ ।

समितिको गएको विहीबार बसेको बैठकले सरकारले प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका जोशीको सुनुवाई प्रक्रिया सुरु गरेको थियो । संसदीय सुनुवाई विशेष समितिले जोशीविरुद्ध परेका पाँचवटा उजुरीमाथि छलफल गरेपछि आज सुनुवाई गर्न लागेको हो ।

संसदमा विभिन्न समितिहरु निमार्ण भई सरकारी तथा सरकारका मातहतका कार्यालयहरुमा नियुक्ति तथा अन्य धेरै कामकाजका प्रकृयाहरु रोकीएका छन् । सरकार पक्ष र प्रतिपक्षविच भईरहेको विवादका कारण विभिन्न संसदिय समितिहरु निमार्ण हुन सकेको छैन ।
आज वस्ने संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि जोशीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने प्रकृया अघि वढ्नेछ ।