समाचार

अन्तत सरकार र केसीपक्षबीच सातबुँदे सहमति



साउन १०,काठमाडौ । सरकार र डा गोविन्द केसीबीच सहमति भएको छ । केसी पक्षले काठमाडौँमा मेडिकल कलेज खोल्ने विषयमा लचिलो भएपछि सरकार बाँकी अरु माग पुरा गर्न सहमत भएको बुझिएको छ ।

सरकार र केसीपक्षबीच साँतबुँदे सहमति भएको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले अनशनरत डा गोविन्द केसीको वार्ता टोलीसँग सहमति जुटेको बताए ।

सहमतिका बुदा अहिले लिपिवद्ध भइरहेको वार्ता टोलीका एक सदस्यले बताए । सरकार र केसीपक्षबीच ७ बुँदे सहमति भएको हो ।

अहिले उक्त बुँदाहरुमा दुवै पक्षबाट हस्ताक्षर गर्न तयारी भइरहेको छ । डा।केसीको स्वास्थ्य अवस्था बुझ्न नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवाश नेम्वाग र केदारभक्त माथेमा शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।