साउन ११, चितवन । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ ।
ना ६ ख २५०६ नम्बरको बसलाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको हो ।
सडकबाट बस नदीमा खस्दा पाँच जनाको च्यापिएर मृत्यु भएको बाकी २ जना सहित ७ जनाको मृत्यु भएको जनाएको छ । गाडीमा ३० जनाभन्दा बढी यात्रु भएको प्रहरीले जनाएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।
थप विवरण आउन बाँकी छ ।










प्रतिक्रिया दिनुहोस्