राजनीति

कांग्रेसनिकट कानुन व्यवसायीको १० औं महाअधिवेशन सुरु



साउन १२, चितवन । नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरुको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि नवलपुरको गैंडाकोटमा शुरु हुँदैछ ।

महाधिशेनमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिहान १० बजे उदघाटन गर्ने कार्यक्रम रहेको छ । महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, वरिष्ठ नेता रामचन्द्र पौडेल, डिएलएका पूर्वसभापतिहरु, नेपालबारका पूर्वअध्यक्षहरु, कांग्रेसका संघीय तथा प्रदेशका सांसद्, स्थानीय तहका प्रमुख, उपप्रमुख चितवन पुगिसकेका छन् ।

महाधिवेशनले अध्यक्ष , वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्ष एक–एक जना प्रदेश उपाध्यक्ष ७ जना, सचिव २ जना सदस्य २४ जना निर्वाचित हुनेछन् । महाधिवेशनमा १ हजार १ सय ३१ जनाले मताधिकार प्रयोग गर्नेछन् । वरिष्ठ अधिवक्ता कोमलप्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । विधान संशोधन भएलगत्तै समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछ ।

१४ गते बिहानसम्ममा नयाँ कार्यसमिति घोषणा गर्ने तयारी छ । अध्यक्षका लागि योगेन्द्रबहादुर अधिकारी, सिताराम केसी, रामप्रसाद पौडेल, रामकुमार श्रेष्ठ, केदार कार्की, प्रह्लादबहादुर कार्कीले आकांक्षा देखाएका छन् ।