Banner News

फोहोरबाट ग्यास उत्पादन गर्ने भक्तपुर दोस्रो जिल्ला हुने बस्नेतको दाबी



साउन १२, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्व उद्योग मन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश वस्नेतले तीनधार ट्रस पुलको उद्घाटन गर्दै फोहोरवाट ग्यास उत्पादन गरेरै छोड्ने उद्घोष गरेका छन् ।

भक्तपुरको कौशलटारदेखि वालकोट जाने वाटोमा निमार्ण भएको उक्त पुलको उद्घाटन गर्दै सांसद वस्नेतले भक्तपुरका स्थानीयवासीको सहयागमा नै खानेपानी, विजुली, सडक, पुल, बाटोघाटो, करिडोर जस्ता यावत कुराहरु निमार्णको प्रकृयामा अघि वढेको साथै कतिपय सम्पन्न भईसकेको वताउँदै विकास निमार्णको श्रेय स्थानीयवासी भएको बताए । त्यस्तै उनले आगामि दिनमा पनि समृद्ध भक्तपुर बनाउन स्थानीय जनता तथा जनप्रतिनिधिहरुलाई भने ‘काम राम्रो गर्नुहोस्, योजना ल्याउनुहोस्, केन्द्रमा खेल्नुपर्ने भूमिका जस्तोसुकै निर्वाह गर्छु ।’ उनले नेपालको पहिलो फोहोरवाट ग्यास उत्पादन गर्ने विराटनगर भएको र दोस्रो फोहोरबाट ग्यास उत्पादन गर्ने भक्तपुर हुने समेत वताए ।

सांसद वस्नेतले वाढीका कारण भक्तपुरमा ठूलो क्षती भएको भन्दै आगामि दिनमा त्यस्तो प्रकारको विपत्ति नआओस भनि हनुमन्ते नदीलाई व्यवस्थित गर्नुपर्ने भन्दै नदीमा करिडोर निमार्णको निम्ती एक खर्व रुपौया उपलब्ध भएको जानकारी गराए भने त्यसको निम्ती ८१ करोडमा टेन्डर हुने समेत वताए । वाढीको समस्या समाधानको निम्ती नदीको दायाँ वायाँ २०/२० मिटरको करिडोरको साथमा नदीको चौडाई पनि २० मिटर गरी जम्मा ६० मिटर वनाउनुपर्ने भन्दै यसको प्रकृया अघि वढाउने समेत वताए । यस्तै नदीको करिडोर आगामि ३/४ वर्षमा कार्य सम्पन्न गर्ने र वाढीको समस्या स्थायी रुपमा समाधान हुनेमा विश्वस्त हुन स्थानीय वासीमा आग्रह समेत गरे ।

विसकामा अहोरात्र खट्ने सांसद वस्नेतले भक्तपुरमा १२० किलोमिटर वरावरिको सडकमा ६० लाखमा डिपीआर तयार भईसकेको बताउँदै भक्तपुरका स्थानीय वासीलाई खानेपानीको निम्ती मेलम्ची खानेपानीले डिपिआर तयार गर्न चार करोड छुट्याएको र आगामि दिनमा छिटो भन्दा छिटो कार्य अघि वढाई खानेपानीको समस्या समाधान गर्ने बताए । त्यस्त ढल व्यवस्थापनमा ३ करोड ८० लाख बजेटको व्यवस्था गरिएकोले ढलको समस्या पनि तत्कालै समाधान हुने जानकारी गराए ।

कार्यक्रममा वोल्दै प्रदेश सांसद शसी जंग थापाले भक्तपुरका जनता अवका दिनमा अविकसितका रुपमा वस्नु नपर्ने बताउँदै अरनिको राजमार्गको विकल्पमा अर्को नयाँ सडकको कार्य अघि वढिरहेको जानकारी गराए । उनले भने विकासका आयोजनाहरु तिव्र गतिमा अघि वढेका छन्, भक्तपुरमा विकासका आयोजनाहरुका नयाँ आयाम थपिएका छन्, सभाहल तथा अन्तराष्ट्रिय स्तरको रंगशाल बनाउने कार्य अघि वढेको छ त्यसैले विकासको अवसलाई गुमाउनु हुँदैन ।’

त्यस्तै कार्यक्रममा वोल्दै भक्तपुर जिल्ला समन्यव समितिका संयोजक नवराज गेलालले देशमा संघिय गणतन्त्रको स्थापना सँगै तीन प्रदेशका जनप्रतिनिधिहरु आएपश्चात विकासका ढोकाहरु खुल्ला भएको बताउँदै पुल निमार्ण पश्चात कौशलटार तथा वालकोटका जनताले राहत पाएको बताए । त्यस्तै अन्य धेरै विकास निमार्णका कार्यहरु अघि वढिरहेकोले भक्तपुर समृद्धको वाटोमा अघि वढेको समेत वताए ।

त्यस्तै कार्यक्रममा वोल्दै सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले २७ लाखमा वनेको उक्त ट्रसप ुलले २७ करोड भन्दा माथिको काम गरेको बताए । मेयर थापाले आगामि दिनमा वाढीका कारण कुनै पनि समस्या आउन नदिनको निम्ती नगरपालिकाले तारजालिको व्यवस्था गरी मानविय, आर्थिक, भौतिक जस्ता कुनै पनि कुराहरुको क्षती हुन नदिने उद्घोष गरे । त्यस्तै सूर्यविनायकलाई देशकै नमुना नगरपालिका वनाउनका निम्ती विकासका कार्यहरु तिव्र गतिमा अघि वढिरहेको जानकारी गराउँदै तत्कालको लागि प्रत्येक वडामा विकासका निम्ती दुई करोडको व्यवस्था गरेको जानकारी गराए ।