समाचार

हनुमन्ते नदी सफाई अभियानको २२ औं हप्ता : १३ टन फोहोर व्यवस्थापन



साउन १२, भक्तपुर । हप्तामा दुई घण्टा सामाजिक सेवामा भन्ने भावनाका साथ अघि वढेको हनुमन्ते नदीको २२ औं हप्ताको सफाई अभियानका क्रममा १३ टन फोहोर व्यवस्थापन गरिएको छ ।

नदीको सफाई अभियान वर्षाका कारण समस्या आएपश्चात विगत केहि हप्ता अघिदेखि राजमार्ग सफाई अभियनाका रुपमा संचालन भईरहेको छ । यसै क्रममा आज अरनिको राजमार्ग अन्तर्गत चारदोवाटोदेखि गठ्ठाघरसम्म अभियान संचालन भएको छ ।

अभियानमा नेपाली सिने जगतिकी एक अब्बल पात्र, हास्य चलचित्र कर्मी तथा नेपाल चलचित्र संघकी उपाध्यक्ष लक्ष्मी गिरीको प्रमुख आतिथ्यमा रहेको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि गिरीले सवैजना एक भई अभियानलाई सफल बनाउन आग्रह गर्दै आफ्नो तर्फवाट साथ र सहयोग जहिले पनि रहिरहने बताइन् ।

त्यस्तै कार्यक्रममा वोल्दै अभियानका प्रमुख सल्लाहकार तथा सांसद महेश वस्नेतले हनुमन्ते नदीमा आएको बाढीका कारण ठूलो क्षती व्यहोर्नु परेको भन्दै आगामि दिनमा त्यस्ता प्रकारका वाढी तथा डुवानका समस्या दिर्घकालिन रुपमा समाधानको बाटो खोजी अघि वढ्ने वताए । त्यस्तै नदीको दायाँवायाँ करिडोर निमार्णको निम्ती नेपाल सरकारवाट एक खर्व रुपैया रकम विनियजन भएको र ८१ करोडमा टेण्डरको समेत व्यवस्था भईसकेको बताउँदै हनुमन्ते नदीको दायाँ वायाँको करिडोर २०/२० मिटर र नदीको चौडाई २० मिटर गरी जम्मा ६० मिटरको वनाउने प्रकृयामा अघि वढ्ने समेत जानकारी गराए । जसबाट डुबानको समस्या हल हुने बताए ।

सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाको संयोजकत्वमा भएको उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरका कार्यावहाक अध्यक्ष बचन सिं देउजा, जिल्ला समन्वय समितिका सभापति नवराज गेलाल, उपसभापति सरिता कुँवर, सुनपाका उपमेयर जुना वस्नेत, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, विद्यार्थी, स्थानिय जनप्रतिनिधि, विभिन्न सरोकारवाला संघ संस्था तथा करिव ६५० जना भन्दा वढी स्थानीयहरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।