साउन १२, काठमाडौँ । नेपाललाई कामदार नपठाउने निर्णय पुनर्विचार गर्न मलेसियाले आग्रह गरेको छ ।
मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरले कामदारलाई मार परेको समस्या समाधानका लागि मलेसिया सरकारले पहल गर्ने भन्दै निर्णय पुनर्विचार गर्न नेपाललाई आग्रह गरेका हुन् ।
नेपालले मलेसिया जाने नेपाली कामदारको भिसा प्रक्रिया र स्वास्थ्य जाँचमा रहेको सिण्डिकेट तोड्दै मलेसियाले विकल्प नदिएसम्म कामदार पठाउन नसक्ने भन्दै रोक लगाएका छन् ।
दुई हप्तादेखि नेपाली पक्षसँग कुराकानी भइरहेको भन्दै उनले सोमबार यसमा फेरि नेपाली पक्षसँग छलफल गरिने पनि बताएका छन ।
प्रतिक्रिया दिनुहोस्