सम्पादकीय

उत्तर कोरियाली व्यापार व्यवसाय बन्द गर्न निर्देशन



संयुक्त राष्ट्रसंघले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेका सबै उद्योग र व्यापार व्यवसाय बन्द गर्न नेपाललाई निर्देशन दिएको छ । राष्ट्रसंघमातहत गठित निकाय कोअर्डिनेटर नेसन्स सेक्युरिटी काउन्सिल प्यानल अफ एक्सपर्टले साउन पहिलो साता परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर उक्त निर्देशन दिएको हो ।

परिपत्र कार्यान्वयन गर्न साउन २७ सम्मको समयसीमा दिइएको छ । कारोबार दैनिकको समाचारमा उल्लेख छ ।

‘राष्ट्रसंघले आफ्नो परिपत्र बाध्यकारी रुपमा लागू गर्न पनि नेपाललाई सचेत गराएको छ । राष्ट्रसंघले प्रतिवन्ध लगाएका मुलुकले विश्वभर व्यापार व्यवसाय वा अन्य कुनै काम गर्न नपाइने र यो प्रावधानको नेपाल सदस्य राष्ट्र भएको पनि पत्रमा स्मरण गराइएको छ ।’