साउन १३, काठमाडौं । आफ्नो पार्टीको संगठन विस्तार तथा सरकारको सर्वसत्तावादस् शैलि, महंगी, कर वृद्धि जस्ता कुराहरुको विरोधमा राप्रपा प्रजातान्त्रिक पनि सरकारविरुद्ध सडकमा आर्लीले भएको छ ।
पशुपति समशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक पनि संघर्षमा उत्रिने भएको हो । राप्रपाले साउन १६ गते राजधानीमा प्रदर्शन गर्ने भएको छ । राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दिपक वोहोराले भने ‘सरकार जनताको आकांक्षा बमोजिम अगाडि बढेको भान हुन सकेन, त्यसकारण सरकारको सर्वसत्तावादी शैली, मंहगी, कर वृद्धि जस्ता गतिविधिविरुद्ध प्रदर्शन गर्न लागिएको हो ।’










प्रतिक्रिया दिनुहोस्