समाचार

कञ्चनपुरकी पन्तको बलात्कारको मुद्धा संसदमा : दोषीलाई कारवाही गर्न माग



साउन १३, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की १३ वर्षिया निर्मला पन्तको वलत्कार पछि भएको हत्याले संघिय संसदमा प्रवेश भएसँगै दोसीलाई कडा भन्दा कडा कारवाही तथा क्षतीपूर्तिको माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा अधिकांश सांसदले महिला तथा बालिका बलात्कारको घटनामा दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति नदिइकन शव नबुझ्ने भन्दै स्थानीयवासीले कञ्चनपुरमा विरोध गरिरहेका छन् । केही दिन पहिले १३ वर्षीया निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेर उखु बारीमा फालेको अवस्थामा फेला परेको थियो ।

सांसद नीरुदेवी पालले पनि तीन दिन पहिले बलात्कार गरी हत्या गरिएकी पन्त परिवारलाई क्षतिपूर्ति दिन र पीडकलाई सर्वस्वसहित कडा कारवाही गर्न माग गरिन ।

सांसद दिलेन्द्रप्रसाद बडुले अभियुक्तलाई अझै कारवाही हुन नसकेकामा आपत्ति जनाउँदै शीघ्र पक्राउ गरी कानूनी दायरामा ल्याउन आग्रह गरे ।