साउन १३, काठमाडौं । दूबईका पाइलटले मदिरा सेवन गरेको थाह पाएपछि फ्लाई दूबईको उडान स्थगित भएको छ ।
आइतबार बिहान ९ः४० बजे दूबई उड्न लागेको जहाज काठमाडौंमै रोकिएको हो । विमानस्थल प्रमुख राजकुमार क्षेत्रीका अनुसार पाइलटको मेडिकल गरेको उक्त मेडिकल रिपोर्ट आउन बाँकी रहेको बताए ।
पाइलटको रिपोर्ट नआउन्जेल एफजेड ५७६ जहाजको उडान रोकिने भएकोले अर्को पाइलटको माग विमानस्थलले गरेको छ ।










प्रतिक्रिया दिनुहोस्