साउन १४, काठमाडौं । नेपाली काग्रेसका सांसद अमरेश कुमार सिंह एक विवादिन व्यक्ति हुन जो भारतीय डिजाईनमा आफ्नो कार्य गर्ने गर्दछन् । यसै क्रममा सांसद सिंहको डिजाईनमा शसस्त्र प्रहरी वलका आइजिपी शैलेन्द्र खनाल परेका छन् । एक विवादीत व्यक्तिको डिजाईनमा सिंगो शान्ति सुरक्षा स्थापना गर्ने संगठन शसस्त्र प्रहरी वलको नेतृत्वमा रहेका खनालको नेतृत्ववाट आम नेपाली जनताले शान्ति सुरक्षा तथा सिमा सुरक्षाको विषयमा के गर्लान ? भन्ने प्रश्न चिन्ह खडा हुन थालेको छ । सांसद सिंहको डिजाईनमा आइजिपी खनाल परे पछि शान्ति सुरक्षामा चुनौति थपिएको छ ।
आइजिपी खनाल दय र भारतीय रह संसद सिङ द्वयको पलानिङमा स प्र बलको सम्ररचना हेरफेर गने ठूलो डिजाईनिङको अनुचित कार्य गरेको तथ्य खुलन आएको छ । विशेष स्रोतका अनुसार बिगत लाम्रो समयदेखि शसस्त्रका आइजिपी खनाल र संसद सिहको हिम चिम र उठबस निकै धेरै हुने गरथ्यो र संसद सिङ कुनै एउटा भिआईपि होहिनन् । उनी एउटा संसदमात्र हुन् । नत उनी मन्त्रलयको जिमेवारी पाएका ब्यक्ति हुन न कुनै बिगतमा मन्त्री भएका नै छन । अनि के कारणले र के का लागि सुरक्षा दियो सांसद सिङलाई ? अहिले मात्र होइन आईजिपी खनाल आफु एआईजि हुदा सांसद सिङलाई खुसि पारि भारत आडमा आइजिपी हुने सपना पालेर बसेका खनाले सिह जस्ता रहलाई स प्र बलको म्यान्डेटलाई पनि उछिन्दै तत्कालिन आईजिपीहरूलाई समेत गुमरामा राखि सिहको सुरक्षा भनेर एक जना असाई र ड्रइभर दिदै आएका थिए । त्यतीमात्र नभई संसद सिङलाई उनी चडने गाडिमा पनि फुउल फ्रीमा उपलब्ध गराउँदै आएका छन ।
यस्तै अनुचित र असैय काम गर्दै हिडेका छन हालका आइजिपी खनाल । गत महिनामा बलको सम्ररचनाको हेरफेर गर्ने भन्ने प्रस्ताव पनि नेपाल सरकार र बल भित्र नै गुम्ररामा राखि संसद सिङको प्लानमा आएको र सोही संरचना क्यबिनेटले पनि स्वीकृत गरिसकेको अबस्था छ । स प्र बलमा बिगतका आईजिपीहरूले सानो सानो कुराको निणय गर्नु भन्दा अगाडि जनस्तर र आफ्नो संगठनमा आफ्नो मातहतमा रहेका तल्लो तहसम्म राय सुझाब लिने काम हुन्थ्यो ।
बिगतमा नेपाल सरकारले स्वीकृत गरेका सिमा शुरक्षा र बोडर आउट पोष्ट स्थापना हुदा नेपाल सरकारमा प्रस्ताव लादा बिगतका आईजिपीहरूले जनस्थरदेखि आफ्नो मातहतका तल्लो निकायसम्म पनि राय सुझाब लियर सिमा सुरक्षा कायलयर बोडर आउट पोष्ट अत्यन्त आवश्यक हो भन्ने कुराको सुझाब आम जनमानसबाट उठेको कुरालाई नेपाल सरकारले मन गरि स्वीकृत गरेको थियो । हाल आयर देशको सिमा सुरक्षा र बोड आउट पोष्ट कुनै ब्यक्तिको स्वार्थ र डिजाईनमा ध्वस्त पार्ने काममा स प्र बलका आईजिपी खनाल संगठनको सरचना र संरचना नेपाली सेनाको जस्तो बनाउने भने बहानामा संगठन भित्र तल्लो स्थरमा राय सुझाब त धेरै टाढाको कुरा भयो । उनले संगठन भित्र सानो सानो निर्णय गर्दा पनि पिय सोव बैठकले पास गरे लानु पर्ने हुन्छ, भने यस्ता संगठनको भित्र कुनै छलफल र बैठक नराखि गलत उदेश्यले रह संसद सिङको प्लानीङमा गरिएको विशेष स्रोतबाट खुल्न आएको छ ।
स्रोतका अनुसार यदी सेनाको सम्ररचना अनुरूप जाने हो भने र सेना नियम कानुन हेर्ने हो भने गण टु गण पुरानोको पूरा बटालिन सरूवा हुँदा सवारी साधनदेखि हेलिकपटर सुद्व प्रयोग भएको पाएन्छ । यसरी हेर्दा बललाई कस्ले दिन्छ हेलिक्यापटर ? अनि यति दिएमा राज्य र संगठन भित्र कति अनियमितताको ढोका खुलने छ ? पुरानो संरचना अनुसार एउटा जवानको सरूवा हुदा २००० रूपयाँ टिए दिन नसक्ने संगठन अहिले हेलि र भेइकलको भरमा सेनाको जस्तो सम्ररचना बनाउने बाहानामा देशको सिमा रहदै आयका सिमा सुरक्षा कार्यालयहरू र बोडर आउट पोष्ट हटाएर देशको सिमा भारतीय पक्षलाई मिच्नको लागि ठूलो मदत पुग्ने भन्ने नेपाली जनतामा छाउन थालेक छ । गत हप्ता विहिवारदेखि स प्र बल नयाँ संरचनामा गयो भन्ने कुरा बजारमा आएपछि यो कुराको जनतामा वहस सुरू हुन् थालेको छ ।
आजको समाज हेर्ने हो भने बाहिरि देशमा हेर्ने हो भने बोडर मा ३/३ किमिमा अर्ध सैनिकलाई तैहिनाथ गरिने गरेको छ । भारतको सिमा सुरक्षालाई हेर्ने हो भने ३/३ किलोमिटरमा भारतीय एसएसपी तहिनाथ छ । हाम्रो देशको सिमा सुरक्षा बढाउनुको सट्टा स प्र बललाई सिमा र बोडरबाट खुम्चाउने सेनाको सरचनाको नाममा देश बरबादको दिशातिर धक्यलिदै गएको देखिन्छ ।
प्रदेश नं. २ को अधिकाशं सिमा मिचिदै छ र आज दुई वटा ब्यक्तिको ईसाराले भोलिको दिनमा सिङगो मुलुकले दुख खेप्नु पर्ने अवस्था सिर्जना हुने देखिन्छ । यसरी बलाई खुम्च्याउँदा सुरक्षाको कमि हुन्छ ? भन्ने प्रश्न पनि उठला तर उदारणको लागि भन्नु पर्दा बारा जिल्लाको मात्र कुरा गर्ने हो भने ६ वटा बोडर आउट पोष्ट छन र ५०/५० को दरबन्दी छ । सिमा सुरक्षा कार्यालय सदरमुकाममा छ र त्यसको नफ्रि ४३८ छ । बाराकै हाहियौमा तैहिनाथ अर्को गणमा ७६१ नफ्रि छ । त्यसै गरि क्षेत्र नै हेर्ने बाहिनिमा अन्दाजि दुई सयको हाराहारि छ । त्यस्तै अौधोगिक सुरक्षा कुलम जितपुरमा १६० नफ्र गर्दा झण्डै १८०० सयको हाराहारिमा देखिन्छ । अब नयाँ सरचनामा जाने बितिकै स प्र बलको नफ्र ६४१ मा सिमित रहन्छ । पुरानो संरचना अनुसार १८ सयको हाराहारी नफ्रि हुँदा त जिल्लाको र बोडरको सुरक्षामा हम्मे हम्मे परेको बललाई अबत १८ सयबाट ६४१ आउदा सदारमुकामको शुरक्षा गर्छ कि बलले बोडरको गर्छ ? भन्ने प्रश्न आएर जोडिन्छ । अब यसलाई सिमीत मात्रमा खुचाउने र दुई नं. प्रदेशमा सिमा मिच्ने र बिस्तारै बिस्तैरै दुई न प्रदेशलाई गलाउने र भुभाग जति हस्तक्षेप गर्ने योजना सहितको डिजाईनमा ल्याएको संरचनालाई सरकाले हेर्दै नहेरि वुझ्दै नबुझि क्याबिनेटबाट निर्णय गरेको छ । त्यस्तैले नयाँ सम्ररचानलाई अभिलम्ब खारेज गरेर पुरानै सम्ररचालाई कायम गर्नुपर्छ भने कुरा उठन थालेको छ ।
यो बिषय हेर्दा र बुझदा आईजिपी खनालले सरकार र सगठनलाई नै गुम्ररामा राखेर ल्याएको प्रस्ताब हो । त्यो प्रस्थाव फेरि एक पटक सरकारले राम्रोसंग अध्ययन गरी खारेज गर्नु पर्ने भन्ने कुरा जनमानसमा आवाज उठन सुरू भएको छ । त्यस्तैले वर्तमान सरकारले राम्रो संग सत्य तथ्यको पहिचान गरि छानबिन गर्नु पर्ने सराकारवालाको भनाई रहेको छ । गलत उदेश्यले आइजिपी खनालद्वारा आएको हो भने सरकारले आईजिपी खनाललाई नेपालको प्रचलित कानुन वमोजिम कानुनी दायरामा ल्याउनु पर्ने देखिन्छ ।










प्रतिक्रिया दिनुहोस्