राजनीति

काग्रेस सरकार विरुद्ध आक्रामक : तीन लाख कार्यकर्ता सडकमा उतार्ने



साउन १४, काठमाडौं । प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेस सरकार विरुद्ध आक्रामक वन्दै मंगलवारको सडक आन्दोलनमा देशैभरवाट तीन लाख कार्यकर्ता उतार्ने लक्ष्य लिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अधिनायकवादी शैलीबाट अघि बढेको भन्दै कांग्रेसले देशभर कार्यकर्ता सडकमा ल्याउन लागेको हो ।

मंगलवारको आन्दोलन सफल वनाउने कांग्रेसले ७७ वटै जिल्लाका सभापतिलाई तयारीको जिम्मा दिएको छ । सबै जिल्ला सदरमुकाममा व्यापक प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ । विरोध कार्यक्रममा शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

झापा, मोरङ, सुनसरी, रूपन्देही, कास्की चितवलगायतमा करिब ८ हजार बढी कार्यकर्ता सडकमा उतार्ने केन्द्रीय कार्यालयलाई जानकारी गराएको छ । यस्तै, प्रदेश २ का सबै जिल्लामा कार्यकर्ताको बाक्लो सहभागिता रहने कांग्रेसले जनाएको छ ।

सभापति शेरबहादुर देउवाको हालसम्म कुनै जिल्ला जाने कार्यक्रम तय भइसकेको छैन। वरिष्ठ नेता रामचन्द्र पौडेल विरोध प्रदर्शनमा सहभागी हुनका लागि गृहजिल्ला तनहुँ जाने कार्यक्रम छ । यस्तै, पार्टी नेता कृष्णसिटौला पनि गृहजिल्ला झापा गएका छन् । यस्तै अन्य केन्द्रीय सदस्यहरू पनि आफूलाई पायक पर्ने जिल्लाका प्रदर्शनमा सहभागी हुने छन् । प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘तर धेरै नेताहरू विभिन्न जिल्लामा जानुहुन्छ । उहाँहरूले जिल्लामा हुने प्रदर्शनलाई सम्बोधन गरेर कार्यकर्तालाई हौसाला दिनुहुनेछ।’

आन्दोलनमा सरकारले संवैधानिक निकायलाई आफू मातहत बनाएको, सभामुख/उपसभामुख एउटै पार्टीको बनाएको, निषेधाज्ञ जारी गरेको लगायत विषय उठाइने सहमहामन्त्री डा. प्रकासशरण महतले बताए ।

आइतबार बसेको संसद बैठकमा सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुखको विषय अदालतमा पुगिसकेकाले यस विषयमा संसदमा छलफल नहुने बताएका थिए । अदालतमा पुगेको विषयलाई कांग्रेसले पुनः सडकबाट उठाउने जनाएको छ ।