Banner News

कार्यक्षेत्रमा मृत्यु भए सैनिकको वढुवा तथा ७ वर्षको पुरा पारिश्रमिक : उपप्रधानमन्त्री पोखरेल



साउन १४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, उप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले कार्यक्षेत्रमा मृत्यु भए सैनिकको एक तह स्वतः वढुवा हुने र उसले सात वर्षसम्मको पुरा पारिश्रमिक दिने व्यवस्था हुने वताएका छन् ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले उक्त व्यवस्थासहित सैनिक सेवा नियमावली, २०६९ लाई संशोधन गरिएको जानकारी गराएका छन् । सोमबार सैनिक मुख्यालय भद्रकालीमा आयोजित वीरगति प्राप्त गरेका सैनिक परिवारको एक दिने कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री पोखरेलले सैनिक जंगी कार्वाही वा सेना परिचालन भएका बेला आकस्मिक दुर्घटनामा परी अशक्त भएका सैनिकलाई एक तह बढुवा गर्ने व्यवस्था पनि गरिएको छ ।

कर्तव्य पालनाको सिलसिलामा कुनै सैनिक वेपत्ता, अशक्त वा घाइते र मृत्यु भएमा उसको परिवारले निवृत्तिभरण र उपदान पाउने व्यवस्था पनि संशोधित सैनिक सेवा नियमावलीमा गरिएको छ । त्यसैगरी सरकारले वेपत्ता, अशक्त वा घाइते र मृत्यु भएमा सैनिकका छोराछोरीलाई शैक्षिक भत्ता उपलब्ध गराउने व्यवस्था पनि गरेको छ ।