राजनीति

न्यायपालिकाले कार्यपालिका र व्यवस्थापिकामाथि हस्तक्षेप गर्यो : सांसद वस्नेत



साउन १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले कायमुकायम प्रधानन्यायधिस दिपकराज जोशीको पालामा भएको एनसिएन करको विवादस्पद फैसला तथा न्यायपालिकाले कार्यपालिका तथा व्यवस्थापिका माथि गरेको हस्तक्षेपको कडा रुपमा खण्डन गरेका छन् ।

संघिय संसदमा शुन्य समयमा आफ्नो धारणा प्रस्तुत गर्दै सांसद वस्नेतले मंगलवारसांसद निरुदेवी पालमाथि भएको आक्रमणको कडा रुपमा खण्डन गरेका छन् । पालमाथि गरिएको आक्रमण सुनियोजित रुपमा कायरतापूर्ण आक्रमण भएको बताएका छन् । सांसद पाल माथि पेस्तोल देखाउँदै भएको आक्रमणले देशको शान्ति सुरक्षामा गंभिर प्रश्न खडा भएको बताउँदै संसदिय सुनुवाई समितिको भोलीको वैठक सहभागि भएमा ज्यानै वेपत्ता गरीदिन्छु भन्दै गरेको आक्रमणको निन्दा गदैृ दोषी उपर चाँडो भन्दा चाँडो कारवाही गर्नुपर्ने बताएका छन् ।

त्यस्तै सांसद वस्नेतले देशैभर वढ्दै गएको महिला, वालवालिका तथा वृद्धामाथि हुने वलत्कारको जघन्य अपराध गम्भीर प्रकृतिका भएको वताउँदै दोषीलाई तत्काल कानुनी कठाघरामा ल्याई कानुनी उपचार गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै न्यायलय भित्रको अनियमितता, भ्रष्टचार, दलालिकरण लगायतका विषयमा संसदिय सुनुवाई समितिमा वहस भईरहेको बताउँदै प्रधानन्यायधिस जोशीको नाम सिफारिसका सवालमा भईरहेको छलफल क्रममा देखिएका जोशीका शैक्षिक प्रमाणपत्रको विवाद, न्यायलयले कार्यपालिका तथा व्यवस्थापीकामा गरेको हस्तक्षेप, विकासमा गरेको वाधा अड्चन, एनसिएलनको १९ करोडको फैसला, वलत्कार, ज्यानमारा मुद्धा, धरौटीमा छोडिएको लगायतका निर्णयहरु जोशी कै कारण न्यायपालिका माथि नै प्रश्न चिन्ह खडा भन्दै यसका विषयमा सत्य तथ्य छानविन गरी दोषीमाथि कारवाही गर्नुपर्ने बताए ।