रोचक

विश्व शंखेकिरा दौड प्रतियोगिताको संपन्न



साउन १७, एजेंसी । बेलायतमा  विश्व शंखेकिरा दौड प्रतियोगिता संपन्न भएको छ ।

बेलायतमा यस्तो अनौठो दौड प्रतियोगिताको आयोजना गरिन्छ जहाँ शंखेकिराले भाग लिन्छन् । सन् ६० को दशकदेखि नै बेलायतमा हरेक वर्ष विश्व शंखेकिरा दौड प्रतियोगिताको आयोजना हुँदै आएको छ । प्रतिस्पर्धामा विश्वभरका शंखेकिराले भाग लिन्छन् ।

 यो वर्षको शंखेकिरा दौड प्रतियोगिता गत शनिबार संपन्न गरिएको छ । प्रतियोगितामा डेढ सयभन्दा धेरै शंखेकिराले भाग लिएका थिए ।

शंखेकिरा दौड प्रतियोगितामा विजेता लेरी नामको शंखेकिरालाई  पुरस्कार स्वरुप सलादका पातले भरिएको चाँदीको भाँडो  प्रदान गरेका थिए ।