साउन १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चार संगठनले सांसद निरुदेवी पाल माथि भएको आक्रमण तथा देशभर भइरहेको वलत्कारको विषयमा गृहमन्त्री राम बहादुर थापासँग भेट गरी तुरुन्त कारवाहीको माग गरेका छन् ।
आज नेकपाका भातृ संगठन युवा संघ नेपाल, अनेरास्ववियु, अखिल क्रान्तिकारी तथा वाइसिएल नेपालको संयुक्त टोलीले यस्ता जघन्य अपराधिक घटनाको कडा रुपमा आलोचना गर्दै दोषी पत्ता लगाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
उक्त कार्यक्रममा गहृमन्त्री थापाले कञ्चनपुरमा भएको वलत्कारको घटनामा प्रहरीले संकास्पद व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान गरीरहेको, सिआइविले समेत अनुसन्धान गरिरहेकाले तत्काल दोषी पत्ता लगाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे । गृहमन्त्री थापाले देशभर पछिल्लो समय वलत्कारका घटना वढ्नु लागु औषधको प्रयोग साथै खुल्ला रुपमा मदिराको प्रयोग गर्नु नै मुख्य कारण भएको बताए ।
त्यस्तै गृहमन्त्री थापाले सांसद निरु पाल माथि मंगलवार घटाइएको घटना राजनैतिक भएको र त्यसको अनुसन्धान भइरहेकोले सत्य तथ्य पत्ता लगाई कानुनी कारवाही गरीने जानकारी गराए । सांसद पाल माथि भएको आक्रमण देशमा प्रगति नचाहने तत्वहरुले अस्थिरता पैदा गरेको बताउँदै यथास्थीतिवादीहरुको चलखेललाई रोक्न वर्तमान सरकार कुनै पनि मुल्य चुकाउन पछि नपर्ने बताए ।










प्रतिक्रिया दिनुहोस्