साउन १९, काठमाडौं । नेपाल कम्यसनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासमा विशेष चासो दिदै विकास र समृद्धिमा कुनै पनि कम्जुस्याई नहुने वताएका छन् ।
प्रदेश नंं ४ का सांसदहरुसँग विशेष अन्तरक्रिया कार्यक्रममा वोल्दै प्रधानमन्त्री ओलीले बुद्वको हृदयको रुपमा नकुलच्ने गरि बनाईएको पबित्र मण्डलामा उफ्रिन पाउनु पर्छ भन्ने बुद्वप्रति देखाईएको असभ्यता भएको बताएका छन् । प्रधानमन्त्री ओलीले भने ‘यहा त दिबंगत आत्महरुका लागि बिदेशमा घटना, ठुला सामुहिक घटना हुदा आत्मशान्तिको लागि दिप बाल्ने र शान्तिको कामना गर्ने ठाउ कुनै घटना नघटुन भनि सामुहिक प्रार्थना गर्ने शान्ति लिने ठाउ जुन ठाउ चारैतिर बाटो छ दुर्घटना हुन सक्छ यि सबैलाई ध्यानमा राख्दा अधिनायकवाद हुने जनताको हित बिपरित के भयो । नेपाल लोकतान्त्रिक तरिकाले नचल्ने के त्यस्तो काम सरकारले गर्यो रु बरोधमा उत्रन पर्ने रु यो देश लोकतन्त्रको संस्थागत बिकास गर्नुको सटृा छाडातन्त्र पनि आए जस्तो गर्नेहरु पनि छन । यहा माईतिघर मण्डलामा जुलुस गर्न पाईनम लोकतन्त्र धरापमा भनिन्छ ।’
प्रधानमन्त्री ओलीले नया संरचना केहि कुरा नमिले पनि मिल्दै जान्छ । सकृय भई काममा लाग्न कानुन निर्माणमा ध्यान दिन निर्देशन दिएका छन् । प्रदेश नं ४ का सांसदहरुले सुखि नेपाली समृद्ध नेपाल बनाउने संकल्पलाई पुरा गर्न सम्पुर्ण शक्ति लगाई काम गर्ने प्रतिबद्वता व्यक्त गर्दै बिषेश ध्यान दिनु पर्ने धारणा व्यक्त गरेका छन् । गण्डकी प्रदेशका योजनाहरु ढोरपाटन बिकास, कोरला नाका तिर्वेणि जोडने, सुस्ता, नवलपुर नामाङ्कन फलामखानि, हुलाकिराजमार्ग कालिगण्डकि करिडोर ढोरपाटन जलासयायुक्त परियोजना र मध्यपहाडि पुष्पलाल लोकमार्ग प्रधानमन्त्री राहतकोष लगायत सरकारी कार्यलयहरु धौलागिरी सदरमुकाममा राख्नु पर्ने, भुसंक्षण जस्ता कार्यलय रहनु पर्ने, स्वास्थ्यमा जटिल रोग लाग्दा प्रदेश स्तरिय सुबिधा सम्पन्न अस्पताल स्थापना मानवसेवा आश्रम प्रदेशसतरमा राख्नु पर्ने, पर्यटन कृषि शिक्षामा बिशेष जोड दिने विषयमा छलफल केन्द्रित भएको थियो ।










प्रतिक्रिया दिनुहोस्