साउन १९, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले अदालतमाथि पटक पटक गरेको नाङ्गो हस्तक्षेपले न्यायलय नै कमजोर हुँदै गएको बताए ।
शुक्रबार काग्रेसको केन्द्रीय कार्यालय सानेपामा कांग्रेसको भातृ संगठन ‘नेपाल मगर संघ’को दोस्रो महाधिवेशनलाई उद्घाटन गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख रहेको संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका जोशीको नाम अस्वीकृत गर्नुले प्रधानमन्त्रीको नैतिकतामाथि नै प्रश्न उठेको बताए ।
ओली सरकारले अदालतमाथि हस्तक्षेप गरी न्यायालयलार्इ कमजोर बनाउने खेल शुरु गरेको भन्दै आक्रोस समेत व्यक्त गरे ।










प्रतिक्रिया दिनुहोस्