राजनीति

पद नपाएको भन्दै विवेकशील साझाको कार्यक्रममा तनाव



साउन १९, काठमाडौं । टीका लगाएर नभई लोकतान्त्रीक विधि र पद्धति अनुसार नेतृत्वको छनौट गर्नुपर्ने भन्दै विवेकशील साझा पार्टीको कार्यक्रममा तनाव ग्रस्त भएको छ ।

शनिबार प्रदेश ३ का जिल्ला संयोजकहरु घोषणा कार्यक्रम राखेको थियो । पार्टी नेतृत्वले जिल्ला संयोजकहरुको घोषणा गरे लगतै युवाहरुको एउटा समूहले आपत्ती जनाएका थिए । पार्टी नेतृत्वले रातारात जिल्ला संयोजक तोकेको, गलत प्रवृत्तिका मानिसहरुलाई पार्टीमा प्रवेश गराएको आरोप लगाए ।

प्रवक्ता सूर्यराज आचार्यले आफूहरु पदका लागि राजनीतिमा नआएको बताएपछि असन्तुष्टि समूहले होहाल्ला गर्दै विरोध जनाए । विरोध भएपश्चात संयोजक रविन्द्र मिश्रले कार्यक्रम स्थगित गरेका थिए ।